प्रकृति

हिउँले ढाकिएको तिलिचो पदयात्रा मार्ग खुलाइयो 

विश्वमै चर्चित अन्नपूर्ण पदयात्रा मार्गको तिलिचो पदयात्रा मार्गमा ढाकिएको हिउँ सफा गरिएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल सम्म जाने पदयात्रा मार्गको हिउँ सफा गरिएपछि पदयात्रा मार्ग खुला भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अधिकारीले बताएका छन् । हिउँ सफा गरिए पनि केही पदयात्रा मार्ग अझै हिउँले ढाकिएकोले सतर्क भएर पदयात्रा गर्न एक्यापले सुझाएको छ ।  हिउँले ढाकिएको पदयात्रा मार्गमा पदयात्रा गर्दा सन्तुलन, र स्थिरताका लागि स्पाइक्स, माइक्रोस्पाइक्स र ट्रेकिङ पोल लिएर जान  सुझाइएको छ । पदयात्रुहरुलाई… पुरा पढौ

न्यूनवर्षा हुने हिमालपारिका जिल्लामा उच्च वर्षाको प्रभाव बाढी र पहिरो

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले ढलान गरिएका हुन्छन् । हिमाली मरुभूमिका रूपमा समेत चिनिने यी जिल्लाहरूको भौगोलिक बनावट नै ठूलो वर्षा थेग्न नसक्ने खालका छन् ।  निकै कम पानी पर्ने जिल्ला मनाङ र मुस्ताङमा ठूलो वर्षा हुन थालेपछि बाढी पहिरो जाने र जनजीवन नै अस्तव्यस्त बन्ने क्रम बढेको छ । दुई वर्ष अघि मुस्ताङको कागबेनी बजारका  केही घर नै बगाउने गरी मुक्तिनाथ तर्फबाट र काली गण्डकी… पुरा पढौ

अल्पवृष्टिहुने मनाङमा भारी वर्षापछि पु¥यायो क्षति  तस्बिरमा

हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक अवरोध र हावाको तापक्रममा आउने परिवर्तनलाई मानिन्छ।  बाक्लो हिउँ र सामान्य सिमसिम पानी मात्रै पर्ने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङ जिल्लामा भारीवर्षा हुन थालेपछि जनजीवन प्रभावित हुदै गएको छ । कम पानी पर्ने वातावरणमा बनेका माटोका घरका विकल्पमा जानु पर्ने, कम पानी पर्ने वातावरणमा लगाइने खेती प्रणालीमा पनि असर परेको स्थानीय बताउँछन् ।  पछिल्ला वर्षहरूमा सिमसिम पानी मात्र पर्ने यी जिल्लाहरूमा… पुरा पढौ

२०औँ स्मृति दिवस : बेल्जियममा नेपालीले सम्झिए डा. हर्क र डा. चन्द्रप्रसाद गुरुङको योगदान

भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको घुन्सामा डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङ लगायत सवार हेलिकप्टर दुर्घटनामा परेको थियो। तमु समाज बेल्जियम र सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमको संयुक्त आयोजनामा भएको कार्यक्रममा घुन्सा दुर्घटनामा निधन भएका २४ जना नेपाली तथा विदेशी विशिष्ट व्यक्तित्वप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, सन् २०२६ जुलाई ३० मा पाकिस्तानमा हिमपहिरोमा परी निधन भएका आरोही तथा अगस्ट २६ मा भोटेकोशी बाढीमा परी… पुरा पढौ

बागलुङ र म्याग्दीमा पहिरोमा परी १६ जनाको मृत्यु

 पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा ५ जना ताराखोला गाउँपालिकामा १ जना र लामान खोला गाउँपालिकामा ४ जना गरी १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिएका छन्  ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ४ जना र मालिका गाउँपालिकामा २ जना गरी ६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

कालीगण्डकी नदीमा आएको बाढीले पर्वतमा करिब सय घरमा क्षति

पोखरा : अविरल वर्षाको कारण कालीगण्डकी नदीमा उर्लिएको बाढीले पर्वत जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा गरेर ७६ घर पूर्ण क्षति पुगेको र २० घर बस्न नमिल्ने गरी क्षति पुगेको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिएका छन् ।  बाढीले सबैभन्दा धेरै क्षति जलजला गाउँपालिका ८ फर्से बजारमा परेको छ । यस बजार क्षेत्रमा रहेका १६ घर बगाएको  जलजला गाउँपालिका पर्वतका सूचना अधिकारी भेषनाथ आचार्यले जानकारी दिए ।  जलजला ४ लामाखेतमा ८ घर डुबानमा परेको पनि स्थानीय… पुरा पढौ

भोटेकोशी बाढी विश्वका लागि महाविपत्तिको चेतावनी – प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी नेपालका लागि मात्र नभई विश्वले भविष्यमा सामना गर्नुपर्ने सम्भावित महाविपत्तिको चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले भोगेको भोटेकोशी बाढीको त्रासदीपूर्ण अवस्था जलवायु परिवर्तनबाट सिर्जित बढ्दो जोखिमको गम्भीर संकेत भएको बताए। उनले विश्व समुदायलाई यस्ता विपत्तिको जोखिमलाई गम्भीरतापूर्वक लिन र समयमै आवश्यक कदम चाल्न आग्रह गरे। ‘हामीले भोटेकोशी बाढीको त्रासदीपूर्ण अवस्था भोग्यौँ। यो नेपालका लागि मात्र होइन, विश्वका लागि पनि एउटा चेतावनी हो,’ उनले भने।प्रधानमन्त्री शाहले… पुरा पढौ

भोटेकोसी बाढी र जलवायु क्षतिपूर्ति 

भोटेकोसी बाढी (हिमसुनामी) मा परेर १ हजार ४ सय १० जनाको ज्यान गएको छ । ५ हजार १ सय ३० जना अझै बेपत्ता छन् । हराएकाहरूको खोजी कार्य अझै जारी छ । बाढीमा परेर घाइते भएकाहरूको उपचार पनि चलिरहेको छ । यति ठूला क्षति हुने गरी आएको हिमसुनामी नेपालकै अहिले सम्मकै ठूलो हिमसुनामी हो । उच्च हिमालय पर्वतको देश नेपालमा यस अघि २०६९ वैशाख २३ गते कास्कीमा पर्ने अन्नपूर्ण चौथो हिमालय क्षेत्रबाट खसेको यस्तै प्रकृतिको हिमचट्टानका कारण सेतीमा विनाशकारी बाढी… पुरा पढौ

छिनभरमै बगर बनेको ऐतिहासिक वेत्रावती बजार

 वेत्रावती बजार ऐतिहासिक बजार हो । यो बजार, धार्मिक महत्त्व त छदै छ, नेपाल तिब्बत युद्धकाल संग पनि जोडिएको छ । पवित्र नदीको रूपमा मानिने यहाँ बग्ने वेत्रावती नदी उत्तर गया धामका रूपमा धार्मिक महत्त्व बोकेको छ । यहाँको राम मन्दिर किनारमा कुशे औसीमा  वेत्रावती मेला लाग्थ्यो ।  ।  धार्मिक महत्वको साथै नेपाल - तिब्बत युद्ध रोकिएको स्थानको रूपमा पनि वेत्रावती बजार चिनिन्छ । रसुवा र नुवाकोटको सिमानामा रहेको वेत्रावती बजार विसं १७९२ मा यसै स्थानमा आएर नेपाल -तिब्बत (चीन) सम्झौता भएर… पुरा पढौ

पेलेडा डाँडामा निस्किरहेको धुवा विषाक्त

पूर्व नवलपरासीको पेलेगा डाँडामा निस्किरहेको धुवाँ विषाक्त ग्यास (कार्बन मोनोअक्साइड) रहेको विज्ञले बताएका छन् । विषाक्त ग्यास भएकोले नजिक नजान विज्ञहरुले सुझाएका छन् । धुवाँ आएको स्थानमा हेर्न जानेहरुको भीड लाग्ने क्रम बढेपछि त्यस तर्फ नजान विज्ञले सुझाएका हुन् । लामो समयदेखि हुप्सेकोट गाउँपालिका ६ पेलेडा डाँडाको घाँगी भीरमा निस्किरहेपछि खानी तथा भूगर्भ विभागको टोलीले बुधाबर स्थलगत अध्ययन गरेर विषाक्त ग्यास भएको बताएको हो । स्थलगन अध्ययन तथा त्यहाँका नमुनाहरुको प्ररम्भिक परीक्षणपछि चट्टानबाट निस्किरहेको धुवाँ कार्बन मनोअक्साइड रहेको पत्ता लगेको… पुरा पढौ